नियम ६९
अभियोगपत्रमा खुलाउनु पर्ने थप विषयहरु
(१) वाणिज्य इजलासले हेर्ने गरी तोकिएका नेपाल सरकार वादी भई दायर हुने मुद्दामा प्रतिवादी बनाइएको अभियुक्तलाई मुद्दा दायर गर्दा अदालतमा उपस्थित गराउनु पर्नेछ। कुनै कारणवश अभियुक्तलाई अभियोगपत्रसाथ उपस्थित गराउन नसकिएमा त्यसको कारण र निजको वतन यकिन हुने नागरिकता, राहदानी, सवारी चालक अनुमतिपत्र, स्थानीय निकायको सिफारिस वा परिचय खुलेको अन्य कुनै कागजातसमेत अभियोगपत्र साथ पेस गर्नु पर्नेछ।
(२) प्रतिवादीको स्पष्ट वतन खुलाई नल्याएको अभियोगपत्र दर्ता गरिने छैन।
तर एकभन्दा बढी प्रतिवादी भएको मुद्दामा कसैको वतन स्पष्ट खुलेको र कसैको वतन खुलाईएको रहेनछ भने स्पष्ट वतन खुलाइएका प्रतिवादीका हकमा मुद्दा दर्ता गरी वतन नखुलाईएका प्रतिवादीका हकमा मुद्दा दर्ता नहुने भनी कारण सहितको ब्यहोरा जनाई दरपीठ गरी त्यसको जानकारी सम्बन्धित सरकारी वकिल कार्यालय वा मुद्दा दर्ता गर्न ल्याउने कार्यालयलाई दिनु पर्नेछ।
(३) अभियोगपत्रसाथ दसीस्वरूप दाखिला भएका मालसामानको आवश्यकता अनुसार प्राविधिक मुल्याङ्कन समेत गराई जफत गर्नु पर्ने वा नपर्ने: सम्बन्धमा स्पष्ट दाबी लिनु पर्नेछ। (४) अदालतबाट म्याद थप भएपछि अपराधको अनुसन्धान तहकिकातको क्रममा हाजिर जमानीमा छोडिएका व्यक्तिको विरुद्ध मुद्दा चलाउनु पर्ने भएमा त्यस्तो प्रतिवादीलाई अभियोगपत्रसाथ उपस्थित गराउनु पर्नेछ।
तर निज प्रतिवादी उपस्थित गराउन नसक्ने कारण उल्लेख गरी अभियोगपत्र पेस भएमा र अदालतलाई सो कारण मनासिब लागेमा निज प्रतिवादीको हकमा मुद्दा दर्ता गर्न अनुमति दिनेछ।